०७ साउन २०८३, बिहीबार

नेपाल–भारतबीच सैन्य अभ्यास, दुवै देशका सेनाबीच आतंकवादविरुद्ध सहकार्य

पुस १६, २०८१
काठमाडौं
नेपाल–भारतबीच सैन्य अभ्यास, दुवै देशका सेनाबीच आतंकवादविरुद्ध सहकार्य

नेपाल र भारतबीच संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' को १८औं संस्करण सोमबारदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको एकीकृत सैनिक तालिम केन्द्रमा शुरू भएको छ ।

नेपालस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समा लेख्दै सैनिक अभ्यास शुरू भएको बताएको हो । पश्चिम नेपालको शिवलिक पहाडमा सञ्चालन हुने यो अभ्यास आगामी जनवरी १३, २०२५ सम्म जारी रहनेछ ।

सैन्य अभ्यासको मुख्य उद्देश्य आतंकवादविरोधी (काउन्टर टेरोरिज्म) अपरेशनका लागि दुई देशका सेनाबीच आपसी समन्वय र सहकार्यलाई मजबुत बनाउनु रहेको भारतीय दूतावासले जनाएको छ ।

'सूर्य किरण' सैन्य अभ्यासले नेपाल र भारतबीचको गहिरो मित्रता, विश्वास र साझा सैन्य सम्बन्धलाई झल्काउने बताइएको छ ।

अभ्यासका क्रममा दुवै देशका सेनाले एकअर्काको सैन्य संस्कृति, सिद्धान्त, अभ्यास र प्रक्रियाहरूको बारेमा जानकारी लिनका साथै आतंकवादविरोधी अभियानमा प्रभावकारी कार्यनीतिहरूको आदानप्रदान गर्नेछन् ।

यसले दुई मित्रराष्ट्रका सेनाबीच आपसी सहकार्य र समन्वयलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्