१५ असार २०८३, सोमबार

‘मेलमिलापको नीति प्रभावकारी रूपमा व्यवहारमा उतारौँ’

पुस १६, २०८१
काठमाडौं
‘मेलमिलापको नीति प्रभावकारी रूपमा व्यवहारमा उतारौँ’

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले मेलमिलापको नीति व्यवहारमा उतार्न आवश्यक रहेको बताएका छन् । 

नेपाली कांग्रेस चितवन क्षेत्र नं १ (क) को आयोजनामा आज पूर्वी चितवतनमा आयोजित राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सान्दर्भिकता र अवको बाटो विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै नेता डा कोइरालाले मेरो र तेरो नभनि मेलमिलापको नीतिबाट हिँड्न सकेमा कांग्रेसलाई हराउने बल कसैले राख्न नसक्ने बताए । 

पार्टीभित्र आपसी मेलमिलाप र एकताको खाँचो रहेको नेता डा कोइरालाको भनाइ थियो । देश र जनताप्रति लगाव भए मात्रै मेलमिलापको नीति सम्भव हुने उनले बताए । 

नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्वय टेकप्रसाद गुरूङ र गुरूराज घिमिरेले पार्टीका शीर्ष नेताहरूले आफ्नो स्वार्थलाई केन्द्रमा राख्न छोडे मात्रै एकता र मेलमिलाप दुबै कायम भएर बलियो शक्तिका रूपमा पार्टी स्थापित हुने बताए । 
कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, बागमती प्रदेशसभा सदस्य उत्तम जोशी, नेपाली कांग्रेस चितवनका नेता कमल आचार्य, उत्तम आचार्य, शम्भू अर्याल, निता ढकाल, भरत खनाल र गणेश मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा, नेपाली कांग्रेस चितवनको क्षेत्र नं १ (क) का क्षेत्रीय सभापति गोविन्द गौतमलगायतले नेपाली कांग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापको नीति अवलम्बन गर्न नसक्दा देशमा अहिलेको अवस्था आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्