०३ असार २०८३, बुधबार

गुगल बन्यो विश्वकै मूल्यवान् ब्रान्ड, यी हुन् यस वर्षका सर्वाधिक मूल्यवान् १० ब्रान्ड

कात्तिक ३०, २०७४
गुगल बन्यो विश्वकै मूल्यवान् ब्रान्ड, यी हुन् यस वर्षका सर्वाधिक मूल्यवान् १० ब्रान्ड

काठमाडौँ, ३० कात्तिक- विश्वप्रसिद्ध कम्पनी गुगल सर्वाधिक मूल्यवान् ब्रान्ड बन्न सफल भएको छ । यसै साता ब्रान्ड फाइनान्सले विश्वका सर्वाधिक मूल्यवान् पाँच सय ब्रान्डका सफल कम्पनीको सूची सार्वजनिक गरेको खबर गोरखापत्रमा छापिएको छ । 

गुगल एप्पलको ५ वर्ष देखिको एकछत्र राज तोड्दै यो वर्षको सर्वाधिक मूल्यवान् ब्रान्ड सूचीमा पर्न सफल भएको हो । बेलायती भ्यालुएसन तथा स्ट्राटेजी कन्सल्टेन्सी कम्पनी ब्रान्ड फाइनान्सले विश्वका हजारौँ ब्रान्डलाई विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गर्दै बर्सेनि सबैभन्दा मूल्यवान् ५ सय ब्रान्डको सूची सार्वजनिक गर्नेगर्छ । 
ब्रान्ड फाइनान्सका अनुसार गतवर्ष एप्पलको ब्रान्ड भ्यालू १४५ विलियन डलरबाट घटेर १०७ विलियन डलरमा झरेको छ । यसवर्ष गुगलको ब्रान्ड भ्यालू १०९ विलियन डलर रहेको छ । त्यसैले गुगल यसवर्ष सर्वाधिक मूल्यवान् ब्रान्ड बन्न सफल भएको हो । 

 वर्षका सर्वाधिक मूल्यवान् १० ब्रान्ड र भ्यालू  
१) गुगल :ब्रान्ड भ्यालू (१०९ विलियन डलर)
२) एप्पल : ब्रान्ड भ्यालू (१०७ विलियन डलर)
३) अमेजन : ब्रान्ड भ्यालू (१०६ विलियन डलर)
४) एटी एन्ड टी टेलिकम : ब्रान्ड भ्यालू (८७ विलियन डलर)
५) माइक्रोसफ्टः ब्रान्ड भ्यालू (७६ विलियन डलर)
६) भर्जन टेलिकम : ब्रान्ड भ्यालू (६६ विलियन डलर)
७) वालमार्ट : ब्रान्ड भ्यालू (६२ विलियन डलर)
८) फेसबुकः ब्रान्ड भ्यालू (६२ विलियन डलर)
९) वेल्स फारगो : ब्रान्ड भ्यालू (४२ विलियन डलर)
१०) म्याकडोनाल्डस् : ब्रान्ड भ्यालू (३९ विलियन डलर)

salt training

कमेन्ट गर्नुहोस्