१९ असार २०८३, शुक्रबार

हिमालय एयरलाइन्सले फागुनभित्रै दुई नयाँ गन्तव्यमा उडान भर्ने

कात्तिक २०, २०७४
हिमालय एयरलाइन्सले फागुनभित्रै दुई नयाँ गन्तव्यमा उडान भर्ने
लोकान्तर संवाददाता
काठमाडौं, ४ माघ –हिमालय एयरलाइन्सले आगामी फागुन महिनाभित्रै थप दुइ नयाँ गन्तव्यमा उडान भर्ने भएको छ । एयरलाइन्सले यही माघ २८ देखि मलेसियाको क्वाललाम्पुर र आगामी फागुन १३ देखि म्यानमारको याङगुनमा नयाँ उडान भर्न लागेको हो ।


एयरलाइन्सले यही जनवरी महिनाभित्र आफ्नो दोश्रो नयाँ एअरबस ३२०–२१४ को आगमनसँगै थप दुई नयाँ गन्तब्यमा उडान सञ्चालन गर्न लागेको हो ।
9N-ALV नेपाली रजिष्ट्रेसन नम्बर रहेको उक्त नयाँ एअरबस ३२०–२१४ विमानमा १ सय ५८ इकोनोमी क्लास सिट क्षमताको रहेको छ ।

एअरलाइन्स्ले स्थापनाको दोश्रो वर्षमा नै दोश्रो विमान थप्न लागेको हो । एयरलाइन्सले २०१७ सालभित्र थप दुई विमान थप्ने योजना बनाइसकेको छ ।

आफ्ना यात्रुहरुलाई आरामदायी यात्राको अनुभव दिलाउनको लागि एअरलाइन्सले नयाँ विमानमा आरामदायी सीटका साथमा इन फ्लाइट इन्टरटेनमेन्टसमेत दिने छ ।

एअरलाइन्सले साताको पाँच दिन मलेशियाको क्वालालम्पुर र साताको दुई दिन म्यानमारको याङगुनमा उडान भर्ने छ ।

एअरलाइन्सले मलेशियाका लागि कार्निभल ट्राभल एसडिएन बीएचडी र म्यानमारका लागि माई गोल्डन लाएन एभियसन प्रालिलाई सम्बन्धित मुलुकमा जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । तीनले एजेन्टको रुपमा एअरलाइन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्नेछन् ।

एअरलाइन्सले काठमाडौ(क्वालालम्पूर(काठमाडौको लागिशुरुवाती टिकटदर २५ हजार ३ सय ७५ रुपैयाँ (राउण्ड ट्रिप) र क्वालालम्पूर ( काठमाडौ( क्वालालम्पूरको लागि ९ सय २८ (म्यानमार मुद्रा )(राउण्ड ट्रिप) कायम गरेको छ ।

त्यसैगरी काठमाण्डौ(याङगुन(काठमाण्डौको लागि २९ हजार ६ सय (राउण्ड ट्रिप) र याङगुन(काठमाण्डौ(याङगुनको लागि ३ सय २० डलर (राउण्ड ट्रिप) कायम गरेको छ । उक्त टिकटदरमा सरकारी कर लागू हुने एयरलाइन्सले जनाएको छ ।

दोहा र कोलोम्बोसँगै क्वालालम्पुर र याङगुन जोडिएपश्चात एअरलाइन्स्ले एसीयाली क्षेत्रमा आफ्नो सञ्जाललाई विस्तार गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्