
अमेरिकाको क्यालिफोर्नियामा एउटा सानो विमान एक भवनको छानामा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ।
दुर्घटनामा २ जनाको मृत्यु र १८ जना घाइते भएको बीबीसीले जनाएको छ।
मृतक विमानमा थिए वा जमिनमा भन्ने अझै खुल्न सकेको छैन । विमान ओरेन्ज काउन्टीको फुलर्टन म्युनिसिपल एयरपोर्टबाट उडेको थियो । उडेको २ मिनेटमै विमान दुर्घटना भएको समाचारमा उल्लेख छ ।
विमान दुर्घटना भएको भवनमा फर्निचर निर्माणको काम भइरहेको थियो । दुर्घटनाको समयमा भवनमा करिब २ सय जना कामदारहरूले काम गरिरहेका थिए ।