०८ असार २०८३, सोमबार

भारतमा गोली लागेपछि मोटरसाइकल चलाएरै नेपाल आएका एक वीर नेपाली !

कात्तिक ३०, २०७४
भारतमा गोली लागेपछि मोटरसाइकल चलाएरै नेपाल आएका एक वीर नेपाली !

काठमाडौं, ३० कात्तिक - भारतीय भूमिमा गोली लागेपछि एक जना नेपाली नागरिक दुई किलोमिटर लामो बाटोमा मोटरसाइकल चलाएर नेपाल आएका छन् । उनलाई हिँजो राति भारतको चिलरीमोडमा गोली लागेको हो । उनी सितामढीबाट सर्लाहीको मंगलवातर्फ आइरहेका थिए ।

कवाड व्यारी मंगलवा ९ का राकेश चौधरीमाथि भारतीय भूमिमा गोली हानिएको थियो । उनको पेटबाट गोली वारपार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । उनले गोली लागेपछि दुई किलोमिटर वारीसम्म मोटरसाइकल चलाएर प्रहरीकहाँ आएका थिए । उनले प्रहरीकहाँ आएर मलाई गोली लाग्यो उपचार गर्नुपर्यो भनेर अनुरोध गरेपछि उनलाई सर्लाहीमा सामान्य उपचार गरेर विरगञ्जतर्फ रेफर गरिएको छ । 


जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनलाई कसले गोली हानेको हो र किन हानेको हो भन्ने कारण खुल्न सकेको छैन । भारतीय प्रहरीसँग सहकार्य गरेर घटनामाथि थप अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।

सन्दर्भ तस्वीर

salt training

कमेन्ट गर्नुहोस्