२६ असार २०८३, शुक्रबार

आज विश्व ब्रेल दिवस : एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा

पुस २०, २०८१
काठमाडौं
आज विश्व ब्रेल दिवस : एक अर्ब मानिस दृष्टिसम्बन्धी समस्यामा

आज विश्व ब्रेल दिवस । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि यो दिवस मनाउन थालिएको थियो ।

दिवसको उद्देश्य दृष्टिविहीन र आंशिक दृष्टिविहीन व्यक्तिहरूलाई मानव अधिकारको पूर्ण अनुभूतिमा सञ्चारको माध्यमको रूपमा ब्रेलको महत्त्वबारे चेतना जगाउनु हो ।

विश्व ब्रेल दिवस अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धिको धारा २ मा प्रतिबिम्बित भएअनुसार शिक्षा, अभिव्यक्ति र विचारको स्वतन्त्रताका साथै सामाजिक समावेशीकरणको सन्दर्भमा ब्रेल आवश्यक छ ।​

राष्ट्रसङ्घका अनुसार विश्वभर एक अर्बभन्दा बढी मानिस दृष्टिसम्बन्धी समस्याबाट पीडित छन् ।

दृष्टि समस्याका कारण उनीहरू स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र समुदायमा सहभागी हुने अवसरबाट वञ्चित हुने सम्भावना अधिक हुनाका साथै उनीहरू गरिबी, हिंसा, बेवास्ता र दुर्व्यवहारको जोखिममा रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्