१८ असार २०८३, बिहीबार

शेखर कोइराला बेलायत जाँदै, संसद् भवनभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने

पुस २०, २०८१
काठमाडौं
शेखर कोइराला बेलायत जाँदै, संसद् भवनभित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने
फाइल फोटो

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर)मा सम्बोधन गर्ने भएका छन् ।

उनले यही १३ जनवरी २०२५ का दिन संसद् भवन भित्र आयोजना गरिने एक विशेष कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।

संसद्को त्यो कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्य मन्त्रीका साथै बेलायती सांसदहरूको उपस्थिति रहने छ ।

नेता कोइराला बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा यही जनवरी ९ मा त्यसतर्फ जाँदै छन् ।

कोइराला बेलायतको संसद् भवन भित्र हुने कार्यक्रमलाई सम्बोधन गर्ने पहिलो नेपाली बन्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्