२२ जेठ २०८३, शुक्रबार

लक्ष्मी सन्‌राइज बैंकको 'डिजिटल डिसेम्बर' अभियानअन्तर्गत देशव्यापी डिजिटल संवाद कार्यक्रम

पुस २०, २०८१
काठमाडौं
लक्ष्मी सन्‌राइज बैंकको 'डिजिटल डिसेम्बर' अभियानअन्तर्गत देशव्यापी डिजिटल संवाद कार्यक्रम

लक्ष्मी सन्‌राइज बैंकले 'डिजिटल डिसेम्बर' अभियानअन्तर्गत देशव्यापी रूपमा वित्तीय साक्षरता, डिजिटल बैंकिङ सुरक्षा तथा आधुनिक बैंकिङ उपकरणबारे चेतनामूलक डिजिटल संवाद कार्यक्रम सम्पन्न गरेको छ।

यस कार्यक्रमले डिजिटल साक्षरता प्रवर्द्धन गर्न र सुरक्षित तथा सुविधाजनक बैंकिङ समाधानहरूको प्रयोगलाई प्रोत्साहन गर्ने बैंकको प्रतिवद्धतालाई थप जोड दिएको बैंकको विश्वास छ ।

कार्यक्रममा डिजिटल वित्तीय सेवाहरूको प्रभावकारिता, सुरक्षाको महत्त्व र उपयुक्त बैंकिङ तथा वित्तीय अभ्यासबारे विविध समूहका सहभागीहरूलाई जानकारी दिन प्यानल छलफल आयोजना गरिएको थियो ।

बैंकका अनुसार पोखरामा ११ डिसेम्बर, सुर्खेतमा १३ डिसेम्बर, इटहरीमा १८ डिसेम्बर, जनकपुरमा २० डिसेम्बर, हेटौंडामा २३ डिसेम्बर, धनगढीमा २४ डिसेम्बर, भैरहवामा २७ डिसेम्बर र काठमाडौंमा २९ डिसेम्बर कार्यक्रम गरिएको थियो ।​

null

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूको मुख्य सम्बोधन साथै नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, व्यावसायिक क्षेत्रका अगुवा, विश्वविद्यालयका प्राज्ञिक व्यक्ति, अपाङ्ग समुदायका प्रतिनिधि, उच्च कारोबार गर्ने व्यापारी र स्थानीय समुदायका प्रतिनिधिहरू लगायतका विभिन्न क्षेत्रबाट प्यानलमा समावेश रहेका थिए ।

यी कार्यक्रमहरूमा विद्यार्थी, युवा, कर्मचारी, उद्यमी, व्यापारीहरू तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ५०० भन्दा बढी सहभागीहरू उपस्थित थिए ।

देशका विभिन्न समुदायहरूलाई डिजिटल साक्षरता मार्फत वित्तीय रूपमा सशक्त बनाउने उद्देश्यका साथै डिजिटल बैंकिङको प्रयोगलाई प्रोत्साहन गर्न सो कार्यक्रामहरुमा निम्न प्रकारका विविध विषयहरू समेटिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्