०६ साउन २०८३, बुधबार

एमालेका असन्तुष्ट नेताहरूसँग भीम रावलको भेट

पुस २०, २०८१
विराटनगर
एमालेका असन्तुष्ट नेताहरूसँग भीम रावलको भेट

देश दौडाहमा रहेका नेकपा (एमाले)लेबाट निष्कासित नेता डा. भीम रावलले सुनसरीमा विभिन्न पार्टीबाट असन्तुष्ट नेताहरूसँग भेटघाट गरेका छन् ।

अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्डकपको उद्‌घाटन गर्न सुनसरी पुगेका नेता रावलले शनिबार साँझ नेकपा एमालेलगायत अन्य पार्टीबाट असन्तुष्टहरूलाई भेटेका हुन् ।

बराह क्षेत्रको एक होटलमा भएको भेटघाटमा अधिकांश एमालेबाट असन्तुष्टहरू देखिएका कार्यक्रम सहभागी नेकपा एकीकृत समाजवादीका सुनसरीका सचिवालय सदस्य गोकुल थापाले जानकारी दिए । ‘धेरै एमालेका असन्तुष्टहरू थिए,’ उनले भने ‘झापादेखि पनि केही व्यक्ति आएका थिए ।’

उनले उद्‌घाटन गर्ने भनेको फूटबल प्रतियोगिता एमालेको दबाबमा रोकिएको स्रोतको दाबी  छ ।

‘एमालेले कारबाही गर्नुभन्दा अगाडि नै उहाँलाई प्रमुख अतिथि बनाएका थियौं,’ क्लबका एक पदाधिकारीले भने, ‘तर एमालेको दबाब भएपछि कार्यक्रम रोकेका हौ ।’

प्रतियोगिता २२ पुससम्मका लागि सरेको क्लबले जनाएको छ ।​

प्रतियोगिता स्थगित भएपछि आयोजक क्लबका पदाधिकारी विमल कार्कीलगायतले रावललाई होटलमा लगेका थिए । कार्की पनि असन्तुष्ट एमाले हुन् ।

salt training

कमेन्ट गर्नुहोस्