१२ साउन २०८३, मंगलबार

इन्डो–नेपाल पुरुष भलिबल : पुलिस, आर्मी र गुजरात विजयी

पुस २०, २०८१
बुटवल
इन्डो–नेपाल पुरुष भलिबल : पुलिस, आर्मी र गुजरात विजयी

बुटवलमा जारी मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिपको शनिबार भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र गुजरात स्टेटले जीत निकालेका छन् ।

रामनगर खेल मैदानमा भएको पहिलो खेलमा पुलिसले मणिमुकुन्द भलिबल क्लबविरुद्ध ३–१ को सेटको जीत निकालेको हो । निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट पुलिसले २५–१५ अंकका साथ जीत निकालेको थियो ।

दोस्रो सेट भने मणिमुकुन्दले २५–२० को अंकका साथ जीत निकाल्दै बराबरीमा ल्यायो । त्यसपछि तेस्रो र चौथो सेट पुलिसले २५–२० र २५–१८ अंकका साथ जीत निकाल्दै खेल आफ्नो पोल्टामा पार्‍यो ।

यसैगरी अर्को खेलमा भारतको गुजरातले विभागीय टिम एपीएफलाई ३–१ का साथ पराजित गरेको छ ।

null

एपीएफले पहिलो सेट २५–२१ अंकका साथ जित निकाल्दै अग्रता गरेको भएपनि त्यसपछि गुजरात खेलमा हाबी भयो । गुजरातले लगातार २५–१८, २५–१५, २५–१८ अंकले जीत निकाल्यो ।

यसैगरी तेस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मीले गल्याङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।             

पुस २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका ८ टिमको सहभागिता रहेको छ ।

जसमा समूह ‘ए’ मा नेपाल पुलिस प्रहरी, मणिमुकुन्द भलिबल क्लब, रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र मदन भण्डारी एकेडेमी रहेका छन् भने समूह ‘बि’मा नेपाल एपीएफ क्लब, नेपाल आर्मी, गलकोट भलिबल क्लब र गुजरात प्रदेश भलिबल एसोसियसन भारत रहेका छन् ।

आइतबार आयोजक मदन भण्डारीसँग मणिमुकुन्द क्लब र भारतको गुजरात स्टेट क्लबसँग गलकोट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्