१३ असार २०८३, शनिबार

पत्रकार पुडासैनीको अन्त्येष्टि

पुस २०, २०८१
काठमाडौं
पत्रकार पुडासैनीको अन्त्येष्टि

 गएराति निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज अन्त्येष्टि गरिएको छ ।

काठमाडौँको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्‍याएलगत्तै निधन भएको थियो ।

 शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् उनको पार्थिव शरीर तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो ।

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासङ्घ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिए । 

नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै  अचेत भएका थिए ।

 नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर पत्रकारितामा सक्रिय रहँदै आएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्