
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण तराईका केही स्थानमा अहिले हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।
बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।
बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने महाशाखाले जनाएको छ । जसका लागि आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।