०८ साउन २०८३, शुक्रबार

काठमाडौंको धोबी खोलामा खस्यो कार

पुस २१, २०८१
काठमाडौं
काठमाडौंको धोबी खोलामा खस्यो कार

काठमाडौंको धोबी खोलामा एउटा कार खसेको छ ।

बीएए ८७१४ नम्बरको कार आइतबार बिहान काठमाडौंको अनामनगरस्थित मदन भण्डारी कलेज नजिकै धोबी खोलामा खसेको हो । 

दुर्घटनामा कार चालक विनीत सिजापति भने सकुशल रहेका छन्। बिहान करिब ५ बजेतिर कार खोलामा खसेको सिजापतिले बताए ।

पुल भनेर तर्न खोज्दा हुस्सुका कारण स्पष्ट नदेखिएर खोलामा झरेको उनले बताएका छन् । खोलामा खसेको कारलाई अहिले बाहिर निकालिएको छ । 

null

null

salt training

कमेन्ट गर्नुहोस्