१३ असार २०८३, शनिबार

पर्वतमा ग्यास चुहिएर आगलागी : १ जनाको मृत्यु, १ घाइते

पुस २१, २०८१
पर्वत
पर्वतमा ग्यास चुहिएर आगलागी : १ जनाको मृत्यु, १ घाइते

पर्वतको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।​​​

​पीपलटारीस्थित तल्लो रोहोटेका ध्रुव रेग्मीको घरको ग्यास आज बिहान फेर्ने क्रममा चुहिएर एक्कासी आगलागी हुँदा छिमेकी ७३ वर्षीया दुर्गादेवी पौडेलको जलेर मृत्यु भएको हो ।​

मृतक पौडेल चिया पिउन र दूध लिन रेग्मीको घरमा गएकी थिइन् ।

घरधनी ५२ वर्षीय रेग्मी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

उनका अनुसार घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।

आगलागी लगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीबाट घरमा क्षति पुगेको बताउँदै घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक विष्टले बताए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वत ल्याइएको प्रहरीले जानकारी दिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्