०२ असार २०८३, मंगलबार

हेलिकप्टरबाट सुत्केरीको उद्धार

पुस २१, २०८१
रुकुम पश्चिम
हेलिकप्टरबाट सुत्केरीको उद्धार
फाइल फोटो

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाबाट दुई महिलालाई हेलिकप्टबाट उद्धार गरी सुर्खेत पठाइएको छ । एक सुत्केरी र एक गर्भवतीलाई उद्धार गरी सुर्खेत पठाइएको हो । 

आठबिसकोट–२ पाहाडाकी २४ वर्षीया धनमाया बुढा र वडा नम्बर ३ खदीकी दीपा बोहरालाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत पठाएको आठबीसकोट नगरपालिकाका प्रवक्ता देवबहादुर घर्तीले जानकारी दिए।

उनका अनुसार दीपाले छोरीलाई जन्म दिइसकेपछि रक्तस्राव नरोकिएका कारण र गर्भवती बुढाको रक्तचापका कारण नगर अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत पठाइएको हो । 

बिरामीको अवस्था गम्भीर भएपछि आठबीसकोट नगरपालिकाले जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको थियो ।

सोही अनुरोधका आधारमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकप्टरमार्फत गर्भवती तथा सुत्केरीको उद्धार गरिएको नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्