
अमेरिकी विदेश विभागले इजरायललाई आठ अर्ब डलरको हतियार बिक्रीलाई अनुमोदन गर्ने आफ्नो योजनाको बारेमा शुक्रबार काङ्ग्रेसलाई जानकारी गराएको छ ।
दुईवटा काङ्ग्रेस कमिटीमा पठाइएको सूचना अनुसार प्रस्तावित बिक्रीमा बम, लडाकु विमान, मिसाइल तथा जीपीएस निर्देशन प्रणाली समावेश छ ।
यद्यपि, एक अमेरिकी अधिकारीले शनिबार भने, “ यदि काङ्ग्रेसले अन्तिम स्वीकृति दिए भने हतियार सहित केही युद्धक सामग्री यो वर्षको डेलिभर गर्न सकिन्छ ।”
यो प्याकेजले राष्ट्रपति जो बिडेनको प्रशासनमा इजरायललाई अन्तिम हतियार बिक्री चिन्ह लगाउन सक्छ ।
यसैबीच, इजरायली सेनाले शनिबार गाजा पट्टीमा ३० अलग–अलग आक्रमणहरूमा कम्तिमा ७० प्यालेस्टाइनीलाई मारेको छ ।
साथै, इजरायलका रक्षामन्त्री इजरायल काट्जले गाजामा बन्दी बनाएकाहरूलाई फिर्ता गराउन सम्बन्धित पक्षहरूसँग वार्ता भइरहेको अप्रत्यक्ष रूपमा बताए ।
बिहीबार, इजरायली प्रधानमन्त्रीको कार्यालयले सम्भावित बन्धक–युद्धविराम व्यवस्थाबारे छलफल गर्न प्रधानमन्त्रीले प्रतिनिधिमण्डलको कतार भ्रमणलाई अनुमोदन गरेको घोषणा गरेको थियो ।
सन् २०२३ अक्टोबर ७ देखि हमासले इजरायलमा ठूलो आतङ्कवादी आक्रमण गर्यो । हमासद्वारा विदेशी नागरिकसहित १२ सयभन्दा बढी व्यक्तिको हत्या, बलात्कार तथा २५० भन्दा बढी बन्धकहरूलाई अपहरण गरिएको थियो ।