१४ असार २०८३, आइतबार

एसियाबाट फर्केपछि ट्रम्पले भने, ‘अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन’

कात्तिक ३०, २०७४
एसियाबाट फर्केपछि ट्रम्पले भने, ‘अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन’

वासिङ्टन, ३० कात्तिक– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउ गर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताएका छन् । 

‘मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन,’ ट्रम्पले भने ।  

उनी करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलबार मात्र अमेरिका फर्किएका छन् । बुधबार अमेरिकी एक टेलिभिजनमा दिएको वक्तव्यमा उनले सो धारणा राखेका हुन् । 

उनले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको पनि सो सम्बोधनमा बताए । 

आफ्नो २५ मिनेट लामो टेलिभिजन सम्बोधनका क्रममा उनले पटक पटक पानी पिए र त्यति नै पटक उनले उत्तर कोरियाको विरोधमा आफ्नो भ्रमणको अनुभव पनि सुनाए । 

उनी एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमणमा गएका थिए । उनले १२ दिनसम्म लगातार ती देशको भ्रमणमा बिताएका थिए । 

उनले सो सम्बोधनमा भनेजस्तै उनको एसिया भ्रमणमा उत्तर कोरिया नै प्रमुख विषय बनेको थियो । उत्तर कोरियाको आणविक कार्यक्रमलाई उनले विभिन्न देशमा बोल्ने क्रममा निकै आलोचना गरेका थिए । 

विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उनले दिएका थिए । 

उनले आपूm पुगेका प्रत्येक स्थानमा त्यहाँका नागरिकले आफू र अमेरिकी नागरिकलाई ठूलो सम्मान र सद्भाव दर्साएको अनुभव पनि सो अवसरमा व्यक्त गरे । 

साथै ती देशका जनताले उत्तर कोरियाको आणविक होडबाजीको पछिल्लो क्रियाकलापको पनि कडा शब्दमा निन्दा गरेको अनुभव पनि उहाँले सो सम्बोधनका क्रममा व्यक्त गरेको समाचारमा जनाइएको छ । 

सोही कारण पनि अहिले समग्र विश्व नै अमेरिकी नागरिकको साथमा रहेको, उत्तर कोरियाको सो क्रियाकलापको विरुद्धमा रहेकोले अब उसको हतियार र आणविक क्षेप्यास्त्रको दादागिरी नचल्ने निष्कर्ष आपूmले निकोले पनि उनले बताएका थिए । 

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न दक्षिण कोरियाबाट आह्वान गरेका थिए । त्यसपछि भने उनी उत्तरको निकै आलोचक बने । 

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसदमा गरेको सम्बोधनमा अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट गरेका थिए । 

पछि उनले चीन भ्रमणका क्रममा पनि कोरियाली प्रायद्वीपको मुद्दाका बारेमा समन्वय गर्न चिनियाँ राष्ट्रपति सि चिनीफङलाई पनि आग्रह गरेका थिए । 

सो आग्रहपछि राष्ट्रपति चिनफिङले पनि कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएका समाचारमा जनाइएको थियो । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति चिनफिङले भनेका थिए, ‘ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।’ 

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ । दुई देशका राष्ट्रपतिबीचको सो सहकार्यले आगामी दिनमा उत्तर कोरियाको यो आणविक होडको वातावरणमा परिवर्तन आउन पनि सक्ने अनुमानहरु गरिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्