०३ असार २०८३, बुधबार

सुनको ट्वाइलेटको मूल्य ५३ करोड, प्रयोग गर्नका लागि गर्नुपर्छ यस्तो काम

कात्तिक ३०, २०७४
सुनको ट्वाइलेटको मूल्य ५३ करोड, प्रयोग गर्नका लागि गर्नुपर्छ यस्तो काम

काठमाडौं, ३० कात्तिक — यो संसारमा अत्यधिक मूल्य भएका वस्तुहरूको संख्या ठूलो छ । यहाँ हामी केही यस्ता वस्तुको चर्चा गर्दैछौं जसको मूल्य सुनेर तपाईंको दिमाग एकचोटि चक्कर खान्छ । 

माथिको चित्रमा देखिने हङकङको एक गहना पसलमा राखिएको गोल्ड बाथरूममा सबैकुरा सुनकै छ । यसलाई बनाउन ५३ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरिएको थियो । ट्वाइलेट प्रयोग गर्नका लागि कम्तीमा एक लाख रुपैयाँ खर्च गर्नुपर्छ । 

अमेरिकाको इन्डस्ट्री किचनमा पाइने २४के पिज्जा संसारकै सबभन्दा महंगो पिज्जा हो । यसको मूल्य लगभग पौने तीन लाख रुपैयाँ पर्छ । यसमा विशेष मसलाहरू हालिन्छ । यसको माथिल्लो भागमा सुन प्रयोग गरिन्छ जसलाई देखेर मानिसको मुखमा पानी आउँछ । 

नुहाउनका लागि अनेक किसिमका साबुन प्रयोग गरिन्छन् तर यो साबुनको मूल्य लगभग तीन लाख रुपैयाँ छ । कतार रोयल सोप संसारकै सबभन्दा महंगो साबुन हो । हीरा र सुनको धुलो, मह अनि जैतूनको तेल हालेर यो साबुन बनाइन्छ । 

पानीको बोतलमा २० रुपैयाँ जतिमा पाइन्छ । तर ६४ लाख रुपैयाँ पर्ने बोतल पनि छ भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्ला । फर्नान्डो आल्तामिरानोले फ्रान्समा बनाएको आक्वा दी क्रिस्टालो संसारको सबभन्दा महंगो बोतल हो । यसको मूल्य ६० हजार डलर छ । यो २४ क्यारेट सुनले बनेको छ र यसमा फिजीबाट ल्याइएको विशेष पानी छ । 

आधा दर्जन अण्डाबाट बनाइने यो अमलेटको मूल्य लगभग एक लाख रुपैयाँ पर्छ ।

यो शावरको मूल्य एक लाख डलर अर्थात् १० करोडभन्दा बढी हो । यसमा टचस्क्रीनको सहायताले तापक्रम नियन्त्रण गर्न सकिन्छ । यसको १८ वटा क्षेत्रमा शावर लगाइएका हुन्छन् र तिनले शरीरका फरक फरक भागलाई लक्षित गर्छन् । सबैको तापक्रम फरक रूपमा नियन्त्रण गर्न सकिन्छ ।

बुद्ध जम्प्स ओभर द वाल नामक यो सूपको मूल्य लगभग २० हजार रुपैयाँ छ । यस सूपमा ३० किसिमका मसलाहरू हालिन्छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्