०४ असार २०८३, बिहीबार

भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

पुस २२, २०८१
काठमाडौं
भद्रपुर उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्काइएको छ । 

उडान नम्बर ९५३, कल साइन (एन-एजेएस)को दायाँ इञ्जिनमा समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।

जहाज बिहान सवा ११ बजे सुरक्षित काठमाडौं अवतरण गरेको बुद्ध एयरले जनाएको छ । 

सामाजिक सञ्जाल एक्समार्फत् बुद्ध एयरले भनेको छ, 'प्राविधिक समस्या समाधानका लागि टेक्निकल टिमले जहाजको चेकजाँच गरिरहेको छ ।'

समस्या देखिएको जहाजका यात्रुलाई भद्रपुर पठाउन अर्को जहाजको तयारी भइरहेको बुद्ध एयरले बताएको छ । 

यस घटनाका कारण उडानमा केही समयका लागि अवरोध भएको भए पनि सबै यात्रुहरू सुरक्षित रहेको बुद्ध एयरले स्पष्ट पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्