
होटेल चेन–ओयोले आफ्नो 'चेक इन' नीति परिवर्तन गरेको छ । अब ओयो जाने जोडीहरूले चेक इनका लागि आफ्नो सम्बन्धको प्रमाण पेश गर्नुपर्नेछ।
यो नीति अनलाइन बुकिङ गर्नेलाई पनि लागू हुनेछ । यसबाहेक अविवाहित जोडीलाई प्रवेश दिने वा नदिने भन्ने निर्णय पनि होटलले गर्न सक्नेछन् । ओयोले हाल भारतको उत्तर प्रदेशको मेरठमा यो नियम लागू गरेको छ ।
यदि कुनै जोडीले ओयो होटलमा कोठा बुक गर्न चाहन्छ भने उनीहरूले आफ्नो विवाहको प्रमाण वा सम्बन्धको प्रमाण पेश गर्नुपर्नेछ ।
मेरठमा परीक्षणपछि,यसलाई देशका अन्य भागहरूमा पनि लागू गर्न सकिने कम्पनीले जनाएको छ ।
ओयोले ३० भन्दा बढी देशमा होटल र होमस्टे सेवाहरू प्रदान गर्दछ । यसको नेटवर्कमा डेढ लाख बढी होटल छन् ।