०७ साउन २०८३, बिहीबार

पुस २६ गतेदेखि नाटक 'द स्ट्रङ्गर' मञ्चन हुने

पुस २२, २०८१
काठमाडौं
पुस २६ गतेदेखि नाटक 'द स्ट्रङ्गर' मञ्चन हुने

पुस २६ गतेदेखि नाटक 'द स्ट्रङ्गर' मञ्चन हुने भएको छ । थिएटर भिलेज नेपालको प्रस्तुति तथा जेनी सुनुवारको निर्देशनमा नाटक मञ्चन हुने भएको हो । ललितपुरको महालक्ष्मीस्थानस्थित थिएटर भिलेज नेपालमै माघ १२ गतेसम्म नाटक मञ्चन हुने छ ।

नाटक सत्ता-शक्ति, पहिचान र महिलामाथिका सामाजिक अपेक्षाहरूको अवधारणामाथि केन्द्रित रहेको भिलेज नेपालले जनाएको छ । नाटकले ऐतिहासिक रूपमा महिलाहरूलाई प्रदान गरिएको अपेक्षित पारम्परिक भूमिकामाथि प्रश्न गर्दै समाजले परिभाषित गरेका सत्ता-शक्ति, सौन्दर्य र प्रभावका स्थापत्यमाथि आलोचनात्मक मत राखेको छ । 

नाटक 'द स्ट्रङ्गर' एक स्विडिस नाटक हो, जसलाई अगस्ट स्ट्राइन्डबर्गले सन् १८८९ मा लेखेका हुन् । 

एउटा राम्रो कथा खोज्ने क्रममा आफूले नाटक 'द स्ट्रङ्गर' फेला पारेको निर्देशक जेनी सुनुवारले बताइन् । नाटकभित्रको सरलता र संवेगात्मक गहिराइले आफूलाई तानेको उनको भनाइ छ । 

ललितपुरको महालक्ष्मीस्थानस्थित गैरनाफामूलक नाट्यसंस्था, थिएटर भिलेज नेपालले नेपाली रंगमञ्चलाई पुनर्परिभाषित गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ ।

नाटक 'द स्ट्रङ्गर' परिवार: 
परिकल्पनाकार/निर्माता/निर्देशक:जेनी सुनुवार 

मञ्चमा:जेनी सुनुवार, सरगम राई, संजिब राई, बालाहाङ राई 

सल्लाहकार:विमल सुवेदी, दिलीप रानाभाट, सुजन ओलि 
प्रोडक्सन म्यानेजर:साजनकुमार सुनुवार
मार्केटिङ हेड: प्रजित बस्याल
बक्स अफिस:राजेन्द्र श्रेष्ठ
टेक्निकल हेड: हरिकृष्ण अधिकारी
मिडिया आर्ट/फोटोग्राफी/भिडियोग्राफी: चक्र पुलामी
मिडिया संयोजक: बच्चु हिमांशु 
कला:कृपा खड्गी
श्रृङ्गार:पूर्णिमा आचार्य 
भेषभूषा: अम्बिका श्रेष्ठ 
आतिथ्य संयोजन: नुनिमा राई 
स्वयंसेवक:अमन किरात, प्रेजन राई

salt training

कमेन्ट गर्नुहोस्