२१ जेठ २०८३, बिहीबार

जाडोयाममा साडीसँग स्टाइलिस तरिकाले कसरी लगाउने सल ?

पुस २२, २०८१
काठमाडौं
जाडोयाममा साडीसँग स्टाइलिस तरिकाले कसरी लगाउने सल ?

जब तपाईं साडी लगाउनुहुन्छ त्यसले निकै आकर्षक लुक्स दिन्छ। धेरैजसो अवसरमा साडी प्रभावकारी देखिन्छ, जसले गर्दा अधिकांश महिलाहरूको पहिलो रोजाइ साडी नै हुन सक्छ। 

जाडोयाममा पनि साडीमा गजबको आकर्षण देखाउन सकिन्छ । तर, चिसोबाट जोगिन महिलाहरू साडीसँग सल लगाउने गर्छन्। तर, सल ओढ्ने सामान्य तरिकाले तपाईंको साडीको लुक्सलाई सामान्य बनाउन सक्छ। 

जाडोयाममा कुनै समारोहमा सहभागी हुँदै हुनुहुन्छ भने, साडीसँग सललाई स्टाइलिस तरिकाले लगाउनु महत्त्वपूर्ण हुन्छ। यहाँ केही सुझावहरू छन्, जसले तपाईंलाई साडीसँग सललाई आकर्षक ढंगले लगाउन मद्दत गर्नेछ।

अगाडिबाट खुला छाड्नुहोस्
यदि तपाईं सिल्कको साडी लगाउँदै हुनुहुन्छ भने, सललाई काँधमा खुला राख्नुहोस् र अगाडिबाट खुला छाड्नुहोस्। ध्यान दिनुस्, यस्तो शैलीका लागि सलको रङ साडीको किनाराको रङसँग मिल्दोजुल्दो हुनुपर्छ।

सललाई बेल्टको साथ लपेट्नुहोस्
पार्टी वा औपचारिक कार्यक्रममा सललाई बेल्टको साथ लगाउनुहोस्। यसका लागि सललाई एउटा काँधमा राख्नुहोस् र कम्मरमा बेल्ट लगाउनुहोस्। हल्का डिजाइन भएको वा स्टेटमेन्ट पीसजस्तो बेल्टको छनोट गर्नुहोस्। यसले तपाईंको साडी लुकलाई पारम्परिक र आधुनिक समिश्रण दिनेछ।

सललाई साडीको पल्लाजस्तै लगाउनुहोस्
सललाई पल्लाजस्तै काँधमा राख्नुहोस् र अगाडिबाट हातमा समात्नुहोस्। स्टाइलिस लुकका लागि साडीसँग विपरीत रङको सलको छनोट गर्नुहोस् । जसले तपाईंको लुकलाई अझ निखार्नेछ। यस शैलीका लागि हल्का वा साधारण साडीसँग गह्रुँगो सल लगाउन सक्नुहुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्