
नेपालमा विद्युतीय सवारी साधनको सबैभन्दा ठूलो वितरक सीजी मोटर्सले ग्राहक सेवाका लागि पूर्वाधार विकासमा नयाँ क्रान्ति शुरू गरेको छ । ग्राहकहरूका लागि सेवा सञ्चालनको दायरा विस्तार गर्दै अत्याधुनिक सेवा केन्द्रका साथै व्यवस्थित चार्जिङ स्टेशनको पूर्वाधारमा कम्पनीले नयाँ आयाम थप्न लागेको हो ।
नेपालमा बढ्दै गरेको विद्युतीय सवारी साधनको प्रयोग र यसको व्यवस्थित पूर्वाधार निर्माणमा सीजी मोटर्स अग्रस्थानमा रहँदै आएको छ । यसको कारणले हो, कम्पनीले ग्राहकहरूका लागि सेवा केन्द्र र चार्जिङ स्टेशनहरूमा गरेको लगानी ।
सीजीले गत मंसिरको पहिलो साता सेवा सञ्चालनको दायरा विस्तार गर्दै अत्याधुनिक सेवा केन्द्रको शुरूआत गरेको थियो । जुन निकै लाभदायी र उपभोक्तामैत्री रहेको देखिन्छ । काठमाडौं उपत्यकाभित्र सीजी मोटर्सले चार वटा सेवा केन्द्र बनाइसकेको छ ।
उपभोक्ताहरूमाझ नेपालकै पुरानो र विश्वसनीय कम्पनीका रूपमा रहेको दाबी गर्ने सीजीले उपभोक्तासँगको पहुँच बढाउन पूर्वाधार विस्तारमा लागिपरेको छ । उच्च गुणस्तरका उत्पादन र उत्कृष्ट ग्राहक सेवामार्फत नेपाली ग्राहकमाझ सीजीको विश्वास बलियो बनिसकेको कम्पनीको दाबी छ ।

बलियो बिक्री तथा डिलर नेटवर्क रहेको सीजी मोटर्सले ग्राहक सेवा र अनुभवलाई बिक्रीसँगै उच्च प्राथमिकतामा राख्दै आएको छ । देशभर २३० भन्दा बढी सीसीएस र जीबीटी चार्जिङ पोइन्टहरूका साथ सीजी मोर्टस शीर्ष स्थानमा छ । अहिले पनि चार्जिङ स्टेशनहरूको विस्तारका लागि कम्पनीले ठूलो लगानीका योजना अगाडि बढाइरहेको छ ।
‘सीजी केयर’ ग्राहक सेवा र सन्तुष्टिको नयाँ आयाम
सीजीको सबैभन्दा उत्कृष्ट सेवामध्येको एक ‘सिजी केयर’ सेवा हो । उपभोक्ताका सम्पूर्ण समस्यालाई सम्बोधन गर्नका लागि कम्पनीले आफ्ना सेवा केन्द्रहरू बढाउँदै लगिरहेको छ । ग्राहकहरूकै लागि ल्याएको ‘सीजी केयर सेवा’ अन्तर्गत ९७०७०९४२०७ हटलाइन नम्बरमार्फत २४सै घण्टा सातै दिन सडक सहायता उपलब्ध गराइरहेको छ ।
ग्राहकलाई कुनै पनि समयमा, जहाँ पनि समस्याको समाधानका लागि यो सेवा शुरू गरिएको हो । यात्राका क्रममा कुनै स्थानमा समस्यामा पर्न गएमा ग्राहकले तत्काल सहायता पाउनेछन् । यो हेल्पलाइन ग्राहकहरूको कुनै पनि समस्यालाई सम्बोधन गर्नका लागि ल्याएको हो । नेपालभर २१ भन्दा बढी सेवा केन्द्रहरूसहित सीजी मोटर्सले उपभोक्ताहरूको विश्वसनीयता कायम गरिरहेको छ ।

यसका साथै सीजी केयरले ‘सीजी केयर एप’ समेत ल्याउने तयारी गरिरहेको छ । जसले ग्राहकलाई आफ्नो आवश्यकता अनुरूप सेवा लिन सक्नेछन् । कम्पनीका अनुसार एपले ग्राहकको अनुभवलाई अझ सुविधाजनक र प्रयोगकर्तामैत्री बनाउने छ । यसबाट ग्राहक सन्तुष्टिको स्तरमा बढाउने विश्वास लिइएको छ । अहिलेको डिजिटल युगसँगै कम्पनीले पनि आफ्ना सेवाहरूलाई पनि डिजिटलमा लैजाँदै गरेको देख्न सकिन्छ ।
डिलर्स नेटवर्क विस्तार, नयाँ युगको शुरूआत
सीजी मोटर्सले नेपालको अटोमोबाइल उद्योग क्षेत्रमा प्रमुख स्थान बनाएको छ । विश्वप्रख्यात केवाईसी, किंङलङ्ग, नेटा, डायुन, रिडारा, एकस्पाङ, स्मार्ट, जीएसी, अभतार जस्ता ब्रान्डको सीजी आधिकारिक वितरक हो । विश्व प्रख्यात ब्राण्डहरूको आधिकारिक वितरक रहेको सीजीले देशभर २४ स्थानमा आफ्नो डिलर नर्टवक विस्तार गरिसकेको छ ।
ग्राहकलाई बिक्री, सेवा र स्पेयर पार्ट्सका लागि ठूलो इन्फ्रास्ट्रक्चरले उत्कृष्ट सेवा पुर्याउन सजिलो बनाएको ग्राहकहरू बताउँछन् । यसका साथै कम्पनीले पर्यावरणमैत्री र टिकाउ गतिशीलताको लागि विद्युतीय गाडीहरूको विविध र आकर्षक पोर्टफोलियो पनि प्रस्तुत गर्दै आइरहेको छ । अर्थात् कम्पनीले व्यावसायिक तथा व्यक्तिगत परियोजनका लगायतका साधनहरूको माग पूरा गर्दै आइरहेको छ ।
सबैलाई समेट्ने यस पोर्टफोलियोले नेपालका विभिन्न वर्गका ग्राहकहरूको आवश्यकता पूरा गरेको छ । जसले गर्दा सीजीसँग सबै वर्गका ग्राहक जोडिएका छन् । कम्पनीको डिलर नेटर्वक विस्तारले ग्राकह सेवा र पार्ट्स उपलब्धताको सुनिश्चितता बढ्दै गइरहेको छ । र, ब्रान्डको माग पनि निरन्तर वृद्धि भइरहेको छ ।
चार्जिङ नेटवर्क विस्तार र दिगो यातायातको भविष्य
नेपालमा विद्युतीय गाडीहरूको बढ्दो प्रयोगले यसको भविष्यमाथि प्रश्न चिह्न खडा गरेको छ । विद्युतीय गाडीहरूको प्रयोगसँगै चार्जिङ स्टेशन पूर्वाधारको विकास र विस्तार पनि यसको भविषयसँग जोडिएको छ । अर्थात् चार्जिङ स्टेशनहरू जति बढाउन सक्यो त्यतिनै नेपालमा विद्यूतीय गाडीहरूको प्रयोग बढ्दै जान्छ ।

यदि चार्जिङ स्टेशनको विस्तार नभएमा विद्यूतीय गाडीप्रति मानिसको विश्वास गुम्दै जान्छ । सीजी मोटर्सले नेपालमा विद्युतीय गाडीहरूको भविष्यलाई मध्यनजर गर्दै देशभर २३० भन्दा बढी चार्जिङ स्टेशनहरूको नेटवर्क बनाइसकेको छ । विद्युतीय गाडीहरूको लागि शक्तिशाली र विश्वसनीय चार्जिङ संरचना तयार पार्दै अगाडि बढिरहेको छ ।
नेपालका सबै ठूला शहरहरूमा पर्याप्त चार्जिङ स्टेशनहरूको विस्तार गरिसकेको सीजीले लामो दूरीको यात्राका लागि पनि संरचना बनाइदिएको छ । पूर्व-पश्चिम राजमार्गमा लामो यात्रा गर्नेहरूका लागि पनि चार्जिङ स्टेशनहरू बनाइसकेको छ । यसका साथै अझै चर्जिङ स्टेशनलाई कम्पनीले बढाउँदै लगिरहेको छ ।
चालू आर्थिक वर्षमा सीजी मोटर्सले थप २०० चार्जिङ स्टेशनहरू थप्ने योजना बनाएको छ । यसले विद्युतीय गाडीहरूको प्रयोगलाई अझ बढी सहज र सुलभ बनाउने विश्वास छ । अटोमोबाइल क्षेत्रमा नयाँ विचार र सन्देश सीजीले दिएको छ । ग्राहकको सन्तुष्टि र सेवा सुधारमा अन्य कम्पनीहरूका लागि पनि उदाहरण सीजी बन्न सफल बनेको छ । साथै, डिलर नेटवर्क र चार्जिङ संरचनाले कम्पनीलाई एक मजबुत र अग्रणी स्थानमा उभ्याउन सहयोग कम्पनीको दाबी छ ।