०९ साउन २०८३, शनिबार
मौसम पूर्वानुमान

तराईंका केही स्थानमा बिहानैदेखि हुस्सु-कुहिरो, देशका धेरै ठाउँमा दिउँसो पानी पर्ने सम्भावना

पुस २३, २०८१
काठमाडौं
तराईंका केही स्थानमा बिहानैदेखि हुस्सु-कुहिरो, देशका धेरै ठाउँमा दिउँसो पानी पर्ने सम्भावना

हाल पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगको मौसम मुख्यतया सफा रहेको छ । पश्चिम तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज देशका धेरै ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज दिउँसो गण्डकी, बागमती, कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा मधेश, लुम्बिनी तथा कर्णालीका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ।

यसैगरी कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 

वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्