०२ असार २०८३, मंगलबार

गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा जेइको जे सिक्सको अफ-रोड टेस्ट ड्राइभ

पुस २३, २०८१
काठमाडौं
गोकर्ण फरेस्ट रिसोर्टको ट्र्याकमा जेइको जे सिक्सको अफ-रोड टेस्ट ड्राइभ

ओमोडा एन्ड जेइको नेपालको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले गोकर्ण फरेस्ट रिसोर्टस्थित अफ-रोड ट्र्याकमा ‘जेइको जेसिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर) टेस्ट ड्राइभ–एक्स्पेरियन्स द थ्रिल अफ एडभेन्चर’ सफलतापूर्वक सम्पन्न गरेको छ । 

शनिबार आयोजित उत्साहजनक टेस्ट ड्राइभ च्यालेन्जमा नेपालको पहिलो इलेक्ट्रिक अफ-रोड एसयुभि जेइको जे सिक्स इन्डिभिजुअल-ह्विल-ड्राइभ (फोर-बाइ-फोर)को उच्चस्तरको क्षमता तथा शक्ति प्रदर्शन गरिएको थियो । 

null

यसबाट विद्युतीय गाडीले पनि जस्तोसुकै अप्ठ्यारो भूभागहरू सजिलै पार गर्न सक्छ भन्ने कुरा प्रमाणित भएको कम्पनीले जनाएको छ । 

गोकर्णमा सम्पन्न कार्यक्रममा अफ-रोड पारखी, तथा ड्राइभरहरूको उत्साहजनक सहभागिता थियो । 

ट्र्याकलाई साँच्चिकै अफरोड यात्राजस्तै चुनौतीपूर्ण बनाउन विभिन्न अवरोधहरू, उकालो, ओरालो, हिलो, रकि एक्सपेरियन्स आदि समेटिएको थियो । यही ट्र्याकमा जे सिक्स इन्डिभुजुअल-ह्विल-ड्राइभ(फोर-बाइ-फोर)ले आफ्नो शक्तिशाली पर्फमेन्स तथा क्षमता प्रमाणित गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्