२४ असार २०८३, बुधबार

सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

पुस २३, २०८१
काठमाडौं
सातदोबाटोको कल सेन्टरमा सीआईबीको छापा, ५३ जना पक्राउ

ललितपुरको सातदोबाटोमा सञ्चालित कल सेन्टरमा प्रहरीले छापा मारेको छ । 

सोमबार राति प्रोलिंक सोलुसन नामक कल सेन्टरमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेर ५३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकामध्ये केही भारतीय  नागरिक छन् भने अरू नेपाली रहेको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले दिए । 

उनीहरूको साथबाट ८५ वटा ल्याप्टप र मोबाइललगायत सामग्री प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई आज म्याद थपगरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्