२८ असार २०८३, आइतबार

सिटौलाको कविता कृति ‘स्वर्गको बस्ती’ सार्वजनिक

पुस २३, २०८१
काठमाडौं
सिटौलाको कविता कृति ‘स्वर्गको बस्ती’ सार्वजनिक

डा. सुरेन्द्र सिटौलाको नयाँ कविता संग्रह ‘स्वर्गको बस्ती’ सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वमन्त्री महेश आचार्य, पूर्वकुलपति विष्णुविभू घिमिरे तथा  लेखक तथा समालोचक डा. गोविन्द भट्टराईको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो। 

बागमती बोर्डिङ स्कुलको आयोजनामा भएको कार्यक्रममा पूर्वमन्त्री आचार्यले सिटौलाको कवितामा भावना, शिक्षा, दर्शन, चेतना र अनुभवको संगालो भेटिने बताए। ‘कविको चेतनामा परिष्कार भावना र अनुभूति रहेको छ’, उनले भने। 

त्यस्तै घिमिरेले सरल भाषामा असरल्ल भावहरू कसरी बुन्न सकिन्छ यसको उदाहरण पुस्तकमार्फत सिटौलाले दिएको टिप्पणी गरे। ‘औसत सर्जकहरूको आँखामा, अनुभूतिमा नपरेका त्यति महत्व र भाव नपाएका सूक्ष्म विषयहरूलाई काव्यिक  रूपमा यति सुन्दर प्रस्तुति दिन सक्नु कविको विशेषता हो’, घिमिरेले भने। 

null

कवि सिटौलाले आफ्नो ब्रह्मले सिकाएको आत्मबोधका अभिव्यक्तिहरूकै बाहुल्यता पुस्तकमा समेटिएको उल्लेख गरे। पुस्तकमाथि कलाकार मनोज गजुरेललगायत अन्य व्यक्तिले पनि टिप्पणी गरेका थिए। 

कार्यक्रममा शोभा खनाल, चक्र दवाडी, रामरञ्जन पौडेलले कविता संग्रहभित्रका कविता वाचन गर्दा गायक शिशिर योगीले सांगितिक प्रस्तुति समेत दिएका थिए।

करिब ३३ वटा कविताहरू संग्रहित उक्त पुस्तक मञ्जरी पब्लिकेशनले निकालेको हो । सिटौलाको यसअघि ‘देश र परिवेश’ कविता संग्रह प्रकाशित छ ।
 

salt training

कमेन्ट गर्नुहोस्