०३ साउन २०८३, आइतबार

ह्यात होटेलको ब्राण्ड परिवर्तन, बन्यो 'ह्यात सेन्ट्रिक' होटेल

पुस २३, २०८१
काठमाडौं
ह्यात होटेलको ब्राण्ड परिवर्तन, बन्यो 'ह्यात सेन्ट्रिक' होटेल

राजधानीको सोल्टीमोडस्थित पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन भएर ‘ह्यात सेन्ट्रिक’ भएको छ ।

सिटी होटलका कार्यकारी सञ्चालक अक्षय गोल्यानका अनुसार होटलको ब्रान्ड परिवर्तन गरी ह्यात सेन्ट्रिक बनाइएको हो ।

पुनर्निर्माणपछि ग्राहकलाई काठमाडौंको सांस्कृतिक झलकसहित आधुनिक सेवा दिन ह्यात सेन्ट्रिक ब्रान्ड आतुर रहेको गोल्यानले बताए ।

ह्यात सेन्ट्रिक खोज तथा अनुसन्धानलाई प्रेरित गर्ने गरी डिजाइन गरिएको र आगान्तुकलाई कुनै पनि अनुभवको कमी हुन नदिने उनले बताए ।

यसअघि सिटी होटल लिमिटेडले ह्यात प्लेस ब्रान्डमा यो पाँचतारे होटल सञ्चालन गर्दै आएको थियो ।

८ हजार ६०० वर्ग फिटभन्दा बढी इभेन्ट स्पेस रहेका कारण बैठक, विवाह र सिर्जनात्मक भेला जस्ता कार्यक्रम गर्न ह्यात सेन्ट्रिक उपयुक्त हुने हयात सेन्ट्रिकका महाप्रबन्धक बरुण तलवारले जानकारी दिए । जहाँ ६०० व्यक्ति अटाउने क्षमताको इभेन्ट स्पेस रहेको उनले बताए ।

अतिथिहरूलाई नेपालको पहिलो हयात सेन्ट्रिक ब्रान्डको होटलमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित रहेको तलवारले बताए ।

काठमाडौंको सारलाई होटलको प्रत्येक कोणबाट प्रस्तुत गरी अविस्मरणीय अनुभवहरू सिर्जना गर्ने उद्देश्य आफूहरूको रहेको उनले बताए ।

‘मिहिन डिजाइनदेखि नवीन पाककला प्रस्तुत गरी हामी प्रत्येक यात्रीको रोमाञ्चक यात्राको सुरुवात बिन्दु बन्न चाहन्छौं,’ उनले भने ।

होटलमा ब्रेकफास्ट बार, जिङ वल्र्ड, जिङ स्काई बार, ब्यांक्वेट हल, सम्मेलन कक्ष, फिटनेस सेन्टर लगायत सुविधा उपलब्ध छ ।

नेपालको आतिथ्यता क्षेत्रमा ह्यात सेन्ट्रिकले नयाँ अवधारणा सुरु गरेको कम्पनीले जनाएको छ ।
सिटी होटलको हाल सेयर मूल्य प्रतिकित्ता ८ सय ६० रुपैयाँ हाराहारी छ ।

salt training

कमेन्ट गर्नुहोस्