०५ साउन २०८३, मंगलबार

तिब्बत भूकम्प : राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

पुस २३, २०८१
काठमाडौं
तिब्बत भूकम्प : राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतमा मंगलबार बिहान भएको भूकम्पबाट अमूल्य जीवन र सम्पत्ति क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन् । 

राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत भूकम्पमा ज्यान गुमाएकाहरूका परिवारजनमा हार्दिक समवेदना एवं सहानुभूति प्रकट गरेका छन् । उनले घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

साथै, राष्ट्रपति पौडेलले गहिरो शोकको यो घडीमा नेपाल चीन सरकार र त्यहाँका जनताका साथमा रहेको उल्लेख गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्