३० जेठ २०८३, शनिबार

भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त

पुस २३, २०८१
काठमाडौं
भूकम्पबाट क्षतिप्रति पूर्वप्रधामन्त्री दाहालद्वारा दुःख व्यक्त

 पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको सिजाङ केन्द्रविन्दु भएर आज बिहान गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

उनले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै भनेका छन्, “म सिजाङ भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दछु ।” 

अध्यक्ष दाहालले  चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ जनताप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्