१० साउन २०८३, आइतबार

पर्यटकीयस्थल घोडेपानीमा हिमपात

पुस २३, २०८१
म्याग्दी
पर्यटकीयस्थल घोडेपानीमा हिमपात

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा हिमपात भएको छ ।  

समुद्री सतहदेखि दुई हजार आठ सय मिटर उचाईमा रहेको घोडेपानी गण्डकी प्रदेशको म्याग्दी, मुस्ताङ, मनाङ, लमजुङ र कास्की जिल्लालाई समेटेको अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य हो । घोडेपानीका होटल व्यवसायी बिसन रानाले यो वर्ष पहिलो पटक हिउँ परेको बताए । 

‘दिउँसो करिब एक घण्टा हिउँ परेको थियो’, उनले भने, ‘ओसिलो ठाउँ र डाडामा हिउँ जमेको छ ।’ हिमपातपछि चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । स्थानीयवासीहरू घरभित्रै आगो तापेर बसेका छन् । 

दिउँसो म्याग्दीमा हल्का वर्षा भएको छ । करिब तीन महिनापछि वर्षा भएको हो । हल्का वर्षाले हिउँदे बालीलाई सामान्य राहत पुगे पनि सिचाइँका लागि पर्याप्त नभएको कृषि प्राविधिक र कृषकहरूले बताएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्