२२ जेठ २०८३, शुक्रबार

सेतो मछिन्द्रनाथको महास्नान [तस्वीरहरू]

पुस २३, २०८१
काठमाडौं
सेतो मछिन्द्रनाथको महास्नान [तस्वीरहरू]

सेतो मछिन्द्रनाथको महास्नान मंगलबार काठमाडौंको केलटोलस्थित जन बहाः परिसरको विशेष मण्डपमा विधिपूर्वक गरिएको छ।

शोभा भगवतीबाट ल्याएको शुद्ध जलले सेतो मछिन्द्रनाथलाई बज्राचार्य गुरूबाट स्नान गराइएको हो। यस कार्यलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगुँ’ भनिन्छ ।

हरेक वर्षको पोहेलाथ्व अष्टमीका दिन मछिन्द्रनाथलाई महास्नान गराइन्छ ।

null

मछिन्द्रनाथ देवताले लगाएका सबै आभूषण, गरगहना तथा लुगाहरू फुकालिन्छ। त्यसपछि दूध, घ्यु, मह, तातो पानी, चिसो पानीले तान्त्रिक विधि अनुसार नुहाइदिने गरिन्छ। नुहाइदिने र पछि रंगहरू लगाई सजाउने सम्पूर्ण गतिविधि मन्दिरकै पूजारीले गर्छन्।

मछिन्द्रनाथलाई वर्षा र सहकालको देवताको रूपमा मानिन्छ। हिन्दु तथा बौद्धमार्गी सबैले मान्दै आएको सेतो मछिन्द्रनाथलाई करूणामय, अवलोकितेश्वर र जमलेश्वरको नामले पनि चिनिन्छ।

सेतो मछिन्द्रनाथलाई यसरी नुहाइदिँदा समस्त मानवजातिमा परिवर्तन र नयाँ ऊर्जा प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको पाइन्छ ।

null

null

null

null

null

null

null


 

salt training

कमेन्ट गर्नुहोस्