२२ जेठ २०८३, शुक्रबार

काठमाडौंमा फेरि भूकम्पको धक्का

पुस २४, २०८१
काठमाडौं
काठमाडौंमा फेरि भूकम्पको धक्का

काठमाडौंमा फेरि भूकम्पको धक्का महसुस भएको छ ।

बुधबार बिहान ९ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । 

अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस)ले खुम्बु हिमताल नजिकै रहेको लाबुचे केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । 

मंगलबार बिहान तिब्बत केन्द्रविन्दु रहेको सात म्याग्निच्यूडको भूकम्पपछि धेरै परकम्पहरू आइरहेका छन् ।

मंगलबार बिहान चीनको स्वशासित क्षेत्र तिब्बतमा ​गएको भूकम्पले काठमाडौंसहित  पूर्वी नेपालमा धेरै ठाउँमा धक्का दिएको थियो  । भूकम्पले तीब्बतमा १२६ जनाको मृत्यु भएको छ । 

मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परेर कम्तीमा १२६ को मृत्यु भएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पमा १८८ भन्दा बढी घाइते भएका छन् ।

तिब्बतको सिगात्सेस्थित डिंग्री काउन्टीअन्तर्गत सोगो शहरलाई केन्द्र बनाएर गएको भूकम्पमा स्थानीय एक हजारभन्दा धेरै घर भत्किएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्