
जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । ‘घ’ श्रेणीको कारागारमा २५ पुरुष र १५ महिला राख्ने क्षमता छ । तर, हाल कारागारमा ८५ जनालाई राखिएको छ । यसबाट कैदीबन्दीले पाउनुपर्ने आधारभूत सुविधा उपलब्ध गराउन समस्या देखिएको कारागार प्रशासनले जनाएको छ ।
जिल्ला कारागारका जेलर केशवराज अवस्थीका अनुसार विसं २०४२ मा बनेको कारागारमा ५४ कैदी तथा ३१ थुनुवा छन् । जबर्जस्ती करणीको अभियोग लागेका एक जना विदेशी कारागारमा रहेका छन् ।
'थुनुवाको सङ्ख्या बढ्दा व्यवस्थापन जटिल बनेको छ । ढिलो मुद्दाको फैसलाका कारण थुनुवा बढेका छन्,' उनले भने ।
जिल्ला बाहिरबाट समेत कैदीबन्दी ठाउँसारी गरेर ल्याइएको छ ।