
कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
बर्दगोरिया गाउँपालिका- ३ खैरेनीका ३४ वर्षीय जीवन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा खत्रीसहित ११ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय ५५ रूपैयाँ र १० थान मोबाइलसहित पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।