०८ असार २०८३, सोमबार

दूरसञ्चार कम्पनीको १७औं वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश वितरणको प्रस्ताव पारित

पुस २९, २०८१
काठमाडौं
दूरसञ्चार कम्पनीको १७औं वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश वितरणको प्रस्ताव पारित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। पुस २८ गते काठमाडौंको राष्ट्रियसभा गृहमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ।

करिब ९१.६२ प्रतिशत शेयर प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षणका लागि चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजङ्ग थापालाई लेखापरीक्षक नियुक्त गर्दै पारिश्रमिक पनि निर्धारण गरेको छ।

सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सभामा कम्पनीको प्रतिवेदन प्रस्तुत गर्दै सेवा भावलाई प्राथमिकतामा राख्दै विकट क्षेत्रमा सेवा विस्तार, डिजिटल नेपाल निर्माणमा सहयोग, विद्युतीय सुशासन प्रवर्द्धन र अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माणको प्रतिबद्धता व्यक्त गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्