२३ जेठ २०८३, शनिबार

अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु

माघ ३, २०८१
काठमाडौं
अस्ट्रेलियामा नेपाली मूलका व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु
तस्वीर : सेभेन न्युज ।

अस्ट्रेलियामा नेपाली मूलका एक व्यक्तिले चलाएको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

पश्चिम अस्ट्रेलियाको पर्थमा नेपाली मूलका रविन रावलले चलाएको कार ट्याक्सीसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको ज्यान गएको समाचार संस्था सेभेनन्युज जनाएको छ ।

समाचारअनुसार दुर्घटनामा रावलसहित ५८ वर्षीय ट्याक्सी चालक र ट्याक्सीमा सवार अरू दुई जनाको मृत्यु भएको छ ।

ट्याक्सीमा चालकसहित ८१ वर्षीया र ५६ वर्षीया महिला सवार थिए । उनीहरूको परिचय खुलाइएको छैन । 

सेभेन न्युजका अनुसार ४३ वर्षीय रावल पर्थमा सरकारी जागिरे थिए । उनका श्रीमती र सन्तान छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्