२९ जेठ २०८३, शुक्रबार

कर्णाली प्रदेश खेलकुद परिषद्‌ सदस्य सचिवको काम गर्ने जिम्मा उपाध्यायलाई

माघ ३, २०८१
सुर्खेत
कर्णाली प्रदेश खेलकुद परिषद्‌ सदस्य सचिवको काम गर्ने जिम्मा उपाध्यायलाई

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत रामप्रसाद उपाध्यायलाई कर्णाली प्रदेश खेलकुद परिषद्‌को सदस्य सचिवको रूपमा दैनिक कामकाज सञ्चालन गर्ने जिम्मा दिएको छ ।

सदस्य सचिवको पद रिक्त भएसँगै उपाध्यायलाई सदस्य सचिवको रूपमा दैनिक कामकाज गर्ने जिम्मा दिइएको प्रदेश सचिव दीर्घबहादुर पोखरेलले दिए ।

सदस्य सचिव विश्वामित्र सञ्जेलको पदावधि गत पुस ६ गतेदेखि सकिएको थियो । ‘सदस्य सचिव नहुँदा खेलकुद प्रतियोगिताका लागि आवश्यक पर्ने दैनिक कामकाज, रंगशाला निर्माणजस्ता कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कर्मचारी आवश्यक परेको थियो,’ सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भने, ‘अब अर्को सदस्यसचिव नियुक्त नहुँदासम्म उहाँलाई नै दैनिक काम काज गर्न मन्त्रालयबाटै खटाइएको छ ।’

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामी चैत २३ गतेदेखि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदै छ । 

null

salt training

कमेन्ट गर्नुहोस्