२१ जेठ २०८३, बिहीबार

युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु

माघ ३, २०८१
काठमाडौं
युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु

इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएपछि पनि आक्रमण जारी छ।

इजरायली मन्त्रिपरिषद्ले युद्धविराम सम्झौतामा मतदान गर्ने तयारी गरिरहेको बेला गाजा पट्टीमा आक्रमण गरेको हो ।

हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एजेन्सीले इजरायलले गाजा पट्टीमा हवाई आक्रमण गरेको दाबी गरेको बीबीसीले जनाएको छ । 

सिभिल डिफेन्स एजेन्सीले इजरायली हवाई आक्रमणमा २० जनाको मृत्यु भएको जनाएको छ ।

तर, यता अलजजिराले भने इजरायली आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीहरूको मृत्यु भएको दाबी गरेको छ । 

इजरायली सेनाले यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

आइतवारअघि युद्धविराम सम्झौता लागू हुने छैन ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा हालसम्म ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।

१५ महिनाको युद्धपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको छ । 

गाजामा प्यालेस्टिनीहरूले उत्सव मनाइरहेका छन् । यदि युद्धविराम अनुमोदित भएमा आइतबारदेखि लागू हुनेछ।

salt training

कमेन्ट गर्नुहोस्