२४ असार २०८३, बुधबार

एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत

माघ ३, २०८१
काठमाडौं
एनआईसी एशिया बैंकको वित्तीय विवरण स्वीकृत

एनआईसी एशिया बैंकको सञ्चालक समितिले आर्थिक वर्ष (आव) २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ ।

गत पुस २९ गते सम्पन्न बैंक सञ्चालक समितिको ६९४ औं बैंठकले आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरेको हो ।

साथै अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) अर्जुनराज खनियाले जानकारी दिए ।

उनका अनुसार बैठकले आव २०८०/८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औं वार्षिक साधारणसभा गर्ने निर्णय समेत बैंकले गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्