०६ साउन २०८३, बुधबार
मन्त्रीसँग देउवाको छलफल

मन्त्रीहरूलाई निर्देशन दिँदै के भने देउवाले ?

माघ ३, २०८१
काठमाडौं
मन्त्रीहरूलाई निर्देशन दिँदै के भने देउवाले ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग समीकरणमा कुनै समस्या नरहेको बताएका छन् । 

पार्टीका तर्फबाट सरकारमा सहभागी १० मन्त्री र दुई राज्यमन्त्रीलाई निर्देशन दिने र उनीहरूको कुरा सुन्न डाकिएको बैठकमा देउवाले यस्तो बताएका हुन् ।

‘कांग्रेस र एमाले सात बुँदे सहमति अनुसार अगाडि बढेका हुन् । यो सहमतिमा अगाडि बढ्न कुनै समस्या छैन । यही सहमति अनुसार अगाडि बढ्ने, सुशासन दिने, आर्थिक गतिविधि बढाउने र समृद्धिमा पुग्नेगरी केन्द्रित भएर काम गर्न सभापतिले निर्देशन दिनुभएको छ’, बिहीबार बूढानीलकण्ठमा भएको बैठकपछि गृहमन्त्री रमेश लेखकले भने, ‘दुई दलबीच कुनै समस्या छैन भन्ने बारेमा सभापतिले प्रष्ट पार्नुभयो ।’ 

पदाधिकारीसहित कांग्रेसले मन्त्रीसँग झण्डै पाँच घण्टा छलफल गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्