१० साउन २०८३, आइतबार

फेसबुक म्यासेन्जरमा विश्वव्यापी अवरोध

साउन ६, २०८३
काठमाडौं
फेसबुक म्यासेन्जरमा विश्वव्यापी अवरोध

सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ प्लेटफर्म 'म्यासेन्जर'मा बुधबार साँझ विश्वव्यापी रूपमा प्राविधिक समस्या देखिएको छ। 

इन्टरनेट सेवाको अवस्था निगरानी गर्ने वेबसाइट 'डाउनडिटेक्टर'का अनुसार अमेरिका र बेलायतसहित विश्वका विभिन्न देशका हजारौँ प्रयोगकर्ताहरूले म्यासेन्जरको सेवा अवरुद्ध भएको भन्दै उजुरी गरेका छन्। नेपालमा पनि यो समस्या रहेको छ । 

डाउनडिटेक्टरको तथ्याङ्क अनुसार साँझ करिब ७ बजेपछि म्यासेन्जरमा समस्या आउन थालेको थियो। प्राप्त रिपोर्टहरू अनुसार ६६ प्रतिशत प्रयोगकर्ताले मुख्य रूपमा सन्देश पठाउन र प्राप्त गर्न समस्या भएको बताएका छन्। त्यस्तै, १९ प्रतिशतले मोबाइल एप नखुलेको र ९ प्रतिशतले वेबसाइटमार्फत म्यासेन्जर चलाउन नसकिएको गुनासो गरेका छन्।

 धेरैजसो प्रयोगकर्ताले सन्देश पठाउन खोज्दा लोड नहुने वा 'कनेक्सन इरर' देखाउने समस्या भोगिरहेका छन्।
म्यासेन्जरसहित कतिपयले फेसबुक र इन्स्टाग्राममा समेत समस्या भएको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्