०८ असार २०८३, सोमबार

हुम्लामा फेरि हिमपात

माघ ३, २०८१
काठमाडौं
हुम्लामा फेरि हिमपात

हुम्लाको सदरमुकाम सिमकोटमा आज हिमपात भएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा बिहानैदेखि हिमपात भएको हो । 

सदरमुकाम सिमकोटमा अहिले हिउँ एक इन्चसम्म जमेको सिमकोट गाउँपालिका–६ माथिल्लो गाउँकी लक्ष्मी रोकायाले बताइन् ।

नाम्खा गाउँपालिकाका सबै वडामा हिमपात भइरहेको नाम्खा गाउँपालिका–६, लिमीका वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

लिमीमा दुई इन्चभन्दा बढी हिउँ जमिसकेको छ ।

हिउँपर्ने क्रम नरोकिएको बताउँदै उनले उच्च हिमाली भेग न्यालु, नारा, लाप्चा क्षेत्रमा बाक्लो हिउँ परिरहेको बताए ।

यसवर्ष जिल्लामा पाँचौंपटक हिमपात भएको हो । यसवर्षको पहिलो हिमपात गत मङ्सिर ११ गते भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्