
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ ।
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा बन्द भएको हो ।
यस दिन बजारमा १ करोड १७ लाख ४९ हजार ७०१ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ३७ लाख ११ हजार रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबार दिन बुधवार मात्रै १.९३ अंकले बढेको नेप्से २५९५.९६ बिन्दुमा बन्द भएको थियो ।
बिहीबार बोटलर्स नेपाल बालाजु र विन नेपाल लघुवित्त वित्तीय संस्था तथा मन्दाकिनी हाइड्रोपावर लिमिटेको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
तर, पोखरा फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारका आधारमा सिन्धु विकास बैंक २८ करोड ५७ लाख २९ हजार रुपैयाँको कारोबारसहित शीर्ष स्थानमा रहेको छ ।