२४ जेठ २०८३, आइतबार

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग

माघ ३, २०८१
काठमाडौं
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग
फाइल फोटो : वरिष्ठ अधिवक्ता त्रिपाठी

काठमाडौं उपत्यकासहित ७ वटा बार एसोसिएसनले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई भौतिक आक्रमण गर्नेहरूलाई कारबाही गर्न माग गरेका छन् ।

काठमाडौं, ललितपुर, भक्तपुर, सर्वोच्च अदालत इकाई, उच्च अदालत पाटन, विशेष अदालत,  भक्तपुर र काभ्रे जिल्ला अदालतको बार इकाईले बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका हुन् ।

साथै भविष्यमा यस्ता घटना नदोहरिने सुनिश्चितता गर्न गराउनसमेत गृह मन्त्रालयलगायत सम्बद्ध निकायहरूसँग उनीहरूको माग छ ।

बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि आक्रमण भएको थियो । ​

nullnull

salt training

कमेन्ट गर्नुहोस्