२९ असार २०८३, सोमबार

कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू

माघ ३, २०८१
काठमाडौं
कांग्रेस संसदीय दलको अनुशासन समिति संयोजकमा बडू

नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समितिको संयोजक दिलेन्द्रप्रसाद बडूलाई दिएको छ ।

बिहीबार बसेको पदाधिकारी र संसदीय दल कार्यसमितिको बैठकपछि कांग्रेसले संसदीय दलको अनुशासनको समितिको संयोजकमा बडूलाई चयन गरेको हो ।

‘नेपाली कांग्रेस संसदीय दलको विधानको धारा २० बमोजिम अनुशासन समिति गठनका लगि प्रतिनिधिसभा सदस्य माननीय दिलेन्द्रप्रसाद बडूलाई संयोजक चयन गर्ने निर्णय गर्दछ,’ बैठकपछिको निर्णयमा उल्लेख छ ।

बैठकले प्रतिनिधिसभा अन्तर्गतका तीन समितिका लागि पनि संयोजक तोकेको छ ।

जसमा प्रतिनिधिसभा अन्तर्गतका अर्थ समितिका लागि डा. प्रकाशशरण महत, सार्वजनिक लेखा समितिका लागि सञ्जयकुमार गौतम र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका लागि चन्दा चौधरी छन् ।

उनीहरूलाई संयोजक तोक्ने प्रस्ताव बैठकबाट अनुमोदनसमेत भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्