
पर्यटन व्यवसायी प्रेम घलेको निधन भएको छ । ४८ वर्षको उमेरमा उनको उपचारको क्रममा बिहीबार राजधानीको हेम्स अस्पतालमा निधन भएको हो ।
ब्लड क्यान्सर पुष्टि भएसँगै मनाङ स्थायी घर भएका घले केही महिनादेखि उपचाररत थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि स्वयम्भूस्थित निवासमा राखिएको छ । दाहसंस्कार भने गुरुङ परम्पराअनुसार सोमबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
नेपालमा गुणस्तरीय पर्यटक भित्र्याउनका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ ।