०८ असार २०८३, सोमबार

कुटपिटबाट रुपन्देहीमा इँटा मजदुरको मृत्यु

माघ ४, २०८१
बुटवल
कुटपिटबाट रुपन्देहीमा इँटा मजदुरको मृत्यु

रुपन्देहीमा इँटा उद्योगमा काम गर्ने मजदुरको कुटाइबाट अर्का एक मजदुरको मृत्यु भएको छ । 

सियारी गाउँपालिका –७ हिरागन्जस्थित न्यू कामना इँटा उद्योगमा काम गर्ने एक भारतीय नागरिकको कुटपिटबाट मृत्यु भएको हो । 

सोही उद्योगमा ट्याक्टर चालकका रूपमा काम गर्ने सियारी-६ का १९ वर्षीय कृष्ण केवटको कुटपिटबाट भारतको गोरखपुर जगलका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याइएकामा उपचारकै क्रममा गएराति साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए । 

निष्ठुरी केवटको छातीमा चोट देखिएकाले कृष्णले इँटाले हानेको हुन सक्ने अनुमान गरिएको कार्कीले बताए । कृष्णलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्