३० जेठ २०८३, शनिबार

रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

माघ ४, २०८१
रुकुम पश्चिम
रुखले च्यापेर एकको मृत्यु, एक जना घाइते

 रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रूखले च्यापेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

घर निर्माणमा प्रयोग हुने रुख काट्न गएको बेला रुखले च्यापेर आज आठबिसकोट–१० झिन्चौरका ५१ वर्षीय वीरबहादुर शाहीको मृत्यु भएको वडाध्यक्ष गणेशकुमार शाहले जानकारी दिए । शाहीको घटनास्थलमै मृत्यु भएको हो । 

उनले सोही वडाका ३५ वर्षीय प्रेमराज कुसारी घाइते भएका बताउँदै घाइतेको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।  
 

salt training

कमेन्ट गर्नुहोस्